Monday 19th January 2026

टहल आचार्यको गजल संग्रह – १७


धेरै पढेँ अरुको त्यो मैले धेरै सुनेँ गजल ।
लेख्न सकिनछु हजुर अझै मन छुने गजल ।

विभिन्न जातजाती भाषा धर्म सँस्कारका,
बालो देखि बृद्धसम्म सबैलाई हुने गजल ।

बाढी पैह्रो भुकम्प र कोरोनाको महामारी,
परेको यो महासङ्कट गाँठोलाई फुने गजल ।

हत्याहिंसा बलत्कार भ्रष्टाचार दुई नम्बरी,
मानव बिक्री बेरोजगार त्यससँग रुने गजल ।

राष्ट्रियता देश भक्तीले ओतप्रोत शेरहरु,
शहिदले बगाएको रगतलाई धुने गजल ।
****

टहलआचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...