बाहिर कतै भगवान नखोज ।
नगरी काम पहिचान नखोज ।
देश रुँदा कहिल्यै मन रोएन,
परदेशमा स्वाभिमान नखोज ।
हत्या हिंसात्मक रूप बढेपछि,
मानव हुनुले त शान नखोज ।
मन्दिरभित्रै मूर्तिहरु चोरेर,
भगवानकै वरदान नखोज ।
आर्त देखेर अपमान गरेथ्यौ,
काम भनेर अनुदान नखोज ।
आर्त अकुलिन
लम्की , कैलाली