Monday 12th October 2026

रामचन्द्र भट्टराईको गजल


न पेशा व्यवसाय, न रोजगारी छ ।
जताततै कोरोनाको महामारी छ ।

गाँस, बास, कपासकै धौ भैसक्यो
छाक के ले टारुँ रित्तो भकारी छ ।

कृषि अन्नबाली लगाउँ भने पनि
सम्पत्तिको नाम एकटुक्रो बारी छ ।

ईष्टमित्र आफन्त बन्धुबान्धवको
हाल के छ बसाइँ मुग्लान पारी छ ।

यता हेर्यो यस्तै छ उस्तै न छ उता
जता हेर्यो त्यतै चिन्ताको भारी छ ।

-रामचन्द्र भट्टराई
स्याङ्जा


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...