न पेशा व्यवसाय, न रोजगारी छ ।
जताततै कोरोनाको महामारी छ ।
गाँस, बास, कपासकै धौ भैसक्यो
छाक के ले टारुँ रित्तो भकारी छ ।
कृषि अन्नबाली लगाउँ भने पनि
सम्पत्तिको नाम एकटुक्रो बारी छ ।
ईष्टमित्र आफन्त बन्धुबान्धवको
हाल के छ बसाइँ मुग्लान पारी छ ।
यता हेर्यो यस्तै छ उस्तै न छ उता
जता हेर्यो त्यतै चिन्ताको भारी छ ।
-रामचन्द्र भट्टराई
स्याङ्जा