Saturday 22nd August 2026

सविता के.सी. को गजल संग्रह – ४


आँखा चिम्लिँदा पनि आँसु झर्दो रहेछ ।
विना बादल आखिर वर्षे झरी पर्दो रहेछ ।

हावा हुरी बतास कतै छैन मडारिन्छ मन,
अलौकिक चोटले पनि रजाईँ गर्दो रहेछ ।

भुमरीको चक्र झैं आएपछि बयली खेल्दै,
समयको बज्रपात फेरि आफै टर्दो रहेछ ।

प्राकृतिक नियम भएपछि त पालना गरौँ,
सधैं पुस्तौं पुस्ता जसै आफै सर्दो रहेछ ।

तछाड मछाड गर्दै कोल्टे फेरेपछि आज,
आफ्नै मन मुटु समेत आफै भर्दो रहेछ ।

✍️सविता के.सी.
काठमाडौ


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...