Sunday 1st February 2026

पर्सामा टिभि मिलाउँदा करेन्ट लागेर १ को मृत्यु


तितोपाटी –  पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो ।

उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
मन्सुरीको शव पोष्टमार्टमका लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...