Monday 10th August 2026

नवलपरासीमा दरूण दलका जिल्ला सदस्य पेस्तोलसहित पक्राउ


तितोपाटी – नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएकाे जानकारी दिए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।


सम्बन्धित शीर्षकहरु

चीनको बोहाइ सागरस्थित बोझोङ १९-६ ग्यास क्षेत्रको पहिलो चरण पूर्ण रूपमा सञ्चालनमा आएको छ। यो चीनको पहिलो १०० अर्ब घनमिटरभन्दा…

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम…

प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भेटमा…

प्रतिकृयाहरू
...