Sunday 1st February 2026

नवलपरासीमा दरूण दलका जिल्ला सदस्य पेस्तोलसहित पक्राउ


तितोपाटी – नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएकाे जानकारी दिए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...