Monday 19th January 2026

साहित्यः केदार नाथ आचार्यको झरना


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

डलर कमाउनै पर्यो विदेश जाने निधो गरेँ
भिसा पनि पाईहालेँ म त मख्खै परेँ ।

विदेश उड्ने तयारीमै बाउको विहे देखेँ
ख़र्च जुटाउन मुस्किल गैरी खेत बेचेँ ।

बिदाईको दिन हामी दुवै बेहाल भयौँ
भक्कानो नै फुट्ने गरि अंगालोमा रोयौँ ।

विदेश पुग्नासाथ मैले डलर रुख़ खोजेँ
डलर त प्लेट चम्चा मस्कोमा पो भेटेँ ।

विदेशबाट फर्किनेको धाक बल्ल बुझेँ
ङिच्च हुन्थ्यो अनुहार ऐले थाहा पाएँ ।

शिक्षक थिएँ भाँडा रेस्टरूम हाकिम हुन पुगेँ
घरतिर सबैलाई ठूलो जागिर भन्थेँ ।

यसै फर्कौँ पैसा छैन गैरी खेतै छैन
करबल नबसी सुखै पाईन ।

पन्ध्र वर्ष पछि म घर फर्कि आएँ
कपाल फुलेपछि मात्र बल्ल रमाएँ ।

यसो सोच्छु के पाएँ विदेशतिर गएर
बैँस उतै बेचिछु पैसा पैसा भनेर ।
१०
नयाँ देश नयाँ भेष कसले दिन्छ जागिर
युवावर्ग विदेश नजाउ पाउला गोता हण्डर ।

केदार नाथ आचार्य
द न पा -५, फर्पिङ, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...