Monday 12th October 2026

साहित्यः केदार नाथ आचार्यको झरना


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
१
डलर कमाउनै पर्यो विदेश जाने निधो गरेँ
भिसा पनि पाईहालेँ म त मख्खै परेँ ।
२
विदेश उड्ने तयारीमै बाउको विहे देखेँ
ख़र्च जुटाउन मुस्किल गैरी खेत बेचेँ ।
३
बिदाईको दिन हामी दुवै बेहाल भयौँ
भक्कानो नै फुट्ने गरि अंगालोमा रोयौँ ।
४
विदेश पुग्नासाथ मैले डलर रुख़ खोजेँ
डलर त प्लेट चम्चा मस्कोमा पो भेटेँ ।
५
विदेशबाट फर्किनेको धाक बल्ल बुझेँ
ङिच्च हुन्थ्यो अनुहार ऐले थाहा पाएँ ।
६
शिक्षक थिएँ भाँडा रेस्टरूम हाकिम हुन पुगेँ
घरतिर सबैलाई ठूलो जागिर भन्थेँ ।
७
यसै फर्कौँ पैसा छैन गैरी खेतै छैन
करबल नबसी सुखै पाईन ।
८
पन्ध्र वर्ष पछि म घर फर्कि आएँ
कपाल फुलेपछि मात्र बल्ल रमाएँ ।
९
यसो सोच्छु के पाएँ विदेशतिर गएर
बैँस उतै बेचिछु पैसा पैसा भनेर ।
१०
नयाँ देश नयाँ भेष कसले दिन्छ जागिर
युवावर्ग विदेश नजाउ पाउला गोता हण्डर ।

केदार नाथ आचार्य
द न पा -५, फर्पिङ, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...