झरना
१. मेरो एउटा साथी परदेश गाको छ
मेरो लागि केही खुसी ल्याउने भाको छ ।
२. कहाँ यसै कमाई हुन्छ, खुसी बेच्नु पर्छ रे
कमजोर ती पाखुरीमा बल भर्नु पर्छ रे ।
३. पसिनाको मूल्य छैन समय बेच्ने रे
साहुको ऋण पाटो बारी सम्झी बस्ने रे ।
४. गरिबको आँसु बेची धनी हुन्छन् रे
शोषणमा पारीपारी श्रम लुट्छन् रे ।
५. गाउँ घरको यादमा डुब्छ रे
गर्मी ठाउँ पोलिनु पर्छ रे ।
६. चौतारीको हावालाई सम्झिँदै बस्छन् रे
गर्मी मौसम पसिना बगाउँछन् रे ।
७. घरमा ऋण साहुको करकरले
स्वतन्त्र जीवन पाउने रहरले ।
८. सपनीमा सधैं आफ्नै देश देख्छु रे
विग्रिएको चाला देखेर रुन्छु रे ।
९. समयले कोल्टे फेर्ला आश गर्छु रे
आफ्नो देशमा गर्नुपर्छ मनले भन्छ रे ।
१०. परदेशबाट मेरो साथी आउँछु भन्या छ
मेरो लागि सुनको चुरा किन्छु भन्या छ ।
सविता के.सी.
काठमाडौ ।