दश झर
१.
धारा प्रवाह,
नदीको जस्तै जीवन गति !
२.
तराईँमा अकस्मात आँधी,
जनता खुला आकाशमा बस्न बाध्य !
३.
त्रसित गाउँ बेसी,
चाकरीवाद र हैकमवादको राज !
४.
बाहिर निर्मल,
भित्र भित्रै पाकेको फर्सी !
५.
पहाडमा हिमपात,
कृषिमा आश्रित जनता मर्कामा !
६.
नायकको मुस्कान,
सर्वसाधारणको आँखामा आँसु !
७.
कुहिरोको काग,
व्यथित अन्त्यहीन गन्तव्य !
८.
समयसँगै हेरफेर,
आखिर एउटै ड्याङ्का मुला !
९.
फूलको नयन,
बढ्दो सस्तो लोकप्रियता !
१०.
जनसङ्ख्या वृद्धि,
वनविनासको प्रमुख कारण !
✍️ आर्त अकुलीन
लम्की चुहा-२, देवाश्रम, कैलाली