Tuesday 28th April 2026

राधारमाका ४ मुक्तकहरू


१ मुक्तक
बाचुञ्जेल एक अर्कामा घमण्ड र सान देखाए मान्छेहरूले ।
घुसखोरी गद्दारलाई समूहमा सम्मान गराए मान्छेहरुले ।
एउटा सच्चा नागरिक थलियो खाना र दबाइसम्म पाएन,
जब मर्यो देखावटी आँशु झार्दै गुणगान गाए मान्छेहरूले ।

२ मुक्तक
विश्वभर कोरोनाले मानिसको बेहाल बन्दैछ ।
जुट्ने,लुट्ने र फुट्नेको पनि सन्जाल बन्दैछ ।
जनता भन्छन् के खाउँ कसरी बाचौं सरकार?
आश्वासनमा भन्छ मर्नको लागि अस्पताल बन्दैछ ।

३ मुक्तक
म तिम्रो साथछु भने अरुको महत्त्व कम हुनुपर्छ ।
माया गर्छौभने बिश्वासिलो आधार कसम हुनुपर्छ ।
कहिकतै अफ्ट्यारोमा अरुको हात समाएछु भने,
तिम्रो आँखा मा जलन र कलेजीमा जखम हुनुपर्छ ।

४ मुक्तक
आधी आउँछ हुरि आउँछ बतास आउँछ ।
आफ्नो मान्छे परदेश मनमा हतास आउँछ ।
मिलनको कल्पनामा रात कट्छ सधैसधै,
छुट्टी आउने समयमा रातो बाकस आउँछ ।

राधारमा
इटहरी


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

तितोपाटी-स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि…

कुवेत सरकारले कुवेत अन्तर्राष्ट्रय विमानस्थल आज २३ अप्रिल २०२६ बिहिबारदेखि खुला गरिएको छ । गत फेब्रुअरी २८, २०२६ का दिनदेखि…

प्रतिकृयाहरू
...