Monday 19th January 2026

राधारमाका ४ मुक्तकहरू


१ मुक्तक
बाचुञ्जेल एक अर्कामा घमण्ड र सान देखाए मान्छेहरूले ।
घुसखोरी गद्दारलाई समूहमा सम्मान गराए मान्छेहरुले ।
एउटा सच्चा नागरिक थलियो खाना र दबाइसम्म पाएन,
जब मर्यो देखावटी आँशु झार्दै गुणगान गाए मान्छेहरूले ।

२ मुक्तक
विश्वभर कोरोनाले मानिसको बेहाल बन्दैछ ।
जुट्ने,लुट्ने र फुट्नेको पनि सन्जाल बन्दैछ ।
जनता भन्छन् के खाउँ कसरी बाचौं सरकार?
आश्वासनमा भन्छ मर्नको लागि अस्पताल बन्दैछ ।

३ मुक्तक
म तिम्रो साथछु भने अरुको महत्त्व कम हुनुपर्छ ।
माया गर्छौभने बिश्वासिलो आधार कसम हुनुपर्छ ।
कहिकतै अफ्ट्यारोमा अरुको हात समाएछु भने,
तिम्रो आँखा मा जलन र कलेजीमा जखम हुनुपर्छ ।

४ मुक्तक
आधी आउँछ हुरि आउँछ बतास आउँछ ।
आफ्नो मान्छे परदेश मनमा हतास आउँछ ।
मिलनको कल्पनामा रात कट्छ सधैसधै,
छुट्टी आउने समयमा रातो बाकस आउँछ ।

राधारमा
इटहरी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...