Monday 12th October 2026

गोमा कुमालको गजल संग्रह – ५


प्यारो नबोल्नेले प्यारको कुरा गर्छन् यहाँ ।
छोडी जानेले इन्तजारको कुरा गर्छन् यहाँ ।

सागर जति आँशुको भेल बगाइदिनेले नै
सुन्दर प्रेमिल उपहारको कुरा गर्छन् यहाँ ।

जो कुवाको भ्यागुतो जस्तै कुवामै रमायो
आज ठूल्ठूला सन्सारको कुरा गर्छन् यहाँ ।

उदाएको घाम पश्चिमै डुब्छ सबैलाई थाहा छ
बडो उधुम गरे झैं चमत्कारको कुरा गर्छन् यहाँ ।

पीडाका ज्वारभाटा छातीमा उर्लन्छन् जब
केवल बनावटी माया हतारको गर्छन् यहाँ ।

-गोमा कुमाल
माथागढी २ पाल्पा, लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...