Tuesday 10th March 2026

एक महिना पछि उपत्यकाको फोहोर उठ्न थाल्यो

करिब एक महिनादेखि थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको छ।

यसअघि नियमितरूपमा फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहोर राख्ने स्थानको अभाव भएपछि फोहोर उठ्न सकेको थिएन। सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहोरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो।

अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहोर उठ्न थालेको हो। फोहोरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो। काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहोर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रूपमा फोहोर उठिरहेको जानकारी दिए।

भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य सहर सबै स्थानको फोहोरको व्यवस्थापन भइसकेको छ। आगामी दिनमा नियमित फोहोर व्यवस्थापन हुनेछ। नियमित रूपमा फोहोर संकलन कार्य सुरू भए पनि लामो समय रोकिएको फोहोर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहोर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहोरको गाडी आउने जनाएको छ।

हरेक दिन कामपाबाट दैनिक ५ सय मेट्रिक टन र काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। वर्षातको समय छ, नियमितजसो पानी परिनै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहोर लाने काम भइरहेको छ, ठूलो पानी पर्‍यो भने पुनःफोहोर व्यवस्थापनमा समस्या नआउँला भन्न सकिँदैन ढकालले भने।

महानगरपालिकाले फोहोर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र सरकारले स्थानीयको समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ।

काठमाडौं महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो। सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहोर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले यस स्थानमा तत्काल फोहोर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन्।

फोहोर उठ्न थालेको छ।

सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...