Friday 3rd April 2026

बनेपामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएपछि स्थिति तनाबग्रस्त


तितोपाटी – बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् ।

घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ ।

आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले टाइम कार्ड लागू गरेको थियो । तर, अझै ट्रिपर आतंक रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...