Saturday 22nd August 2026

हिउँकला हाँसी खतिवडाको गजल संग्रह – १


गरिबले पनि त धितो दिन्छ सम्हाली राख ।
दुश्मनहरू मर्ने बेलामा चाहिन्छ सम्हाली राख ।

भनि राख्नु नै पर्दैन सबैजनाले बुझ्न सक्नुपर्छ,
होसियार!बैँसालु जोवन बहकिन्छ सम्हाली राख ।

कमी छैन यहाँ पराईको अँगालोमा बाँधिनेहरूको
के थाह मन हो कतिबेला बद्लिन्छ सम्हाली राख ।

मित्र! मतलबी दुनियाँको के कुरा गर्नु र यहाँ धेरै,
मनमा बसेको मान्छे पनि त टाढिन्छ सम्हाली राख ।

आफ्नो विचार आफैले गर्नुपर्छ स्वार्थी दुनियाँमा,
थाहै हुन्न कतिखेर इज्जत लुटिन्छ सम्हाली राख ।

✍हिउँकला हाँसी खतिवडा
कैलाली


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...