Saturday 22nd August 2026

फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !


कबिता – फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार!
जनताहरुलाई खाना लाउन खर्च धान्न धौधौ हुदै बढदै छन बेरोजगार,
लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यूहरु चिल्लो चिल्लो कार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
संसदमा मुख्यमन्त्री र प्रधानमन्त्री बन्न कुर्सीका लागि हुदैछ मारामार!
नेताहरुको झैझगडा र लफडा हेर्दा जनताहरु दर्शक जस्तो नेताहरु चाहि कलाकार,
कार्यकर्तालाई मक्ख बनाउन बाढिदैछ मन्त्री र राजदूत पदको पुरस्कार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
सरकारी कार्यालय तथा राज्यका विभिन्न निकायमा बढदैछ भ्रस्टाचार !
कसैले भ्रस्टाचार गरेमा जो कोहि वा आफ्नै लाइ पनि छोडदिन भन्दैछन सरकार,
नेपालीको लागि अन्तरास्ट्रिय विमानस्थल बन्द गर्दै भारतीय जनताहरुको गर्दैछन उद्दार!!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
चुनावका समय भोट माग्न घर घर गइ जनतालाई गर्छन् नमस्कार !
जनताको भोट पाई जितेर राजधानी छिरेपछि हुन्छन तेहि जनता तिरस्कार,
देश र जनता बिर्सी आफ्नै हित हुने गर्छन् पैसा कमाउने राजनीति ब्यापार!!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
विश्वका बिकसित मुलुकहरु गर्दैछन नयाँ-नयाँ आविष्कार!
नेपालमा चाहिँ बिर्सिदै छन नेताहरु आफ्नो जिम्मेवारी र संस्कार,
हामी जनता देश बिकास भयो भन्दै खुसि हुदै हेर्छौ केबुलकार !!

हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार,
देशमा बढीरहेका छन चोरी, तस्करी, अपराधका घटना र बलात्कार!
महामारीमा पनि नेताहरु सङ्ग नजिक हुने ब्यापारीको चल्दैछ मारामार ब्यापार,
फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार !!

बिनय तिमल्सिना-काठमान्डौं


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...