Saturday 22nd August 2026

सुमन कडरियाको गजल संग्रह – १


झरनाको बगाइको झङ्कार मीठो लाग्छ ।
बनेपछि सकारात्मक संसार मीठो लाग्छ ।।

गन्तव्यमा पुग्ने चाह उत्कट भएपछि
नोक्सानी नै भएपनि ब्यापार मीठो लाग्छ ।

थोरैबाट जोगाएर आहार पिलाउँछौ
रित्याएर माया भर्ने अपार मीठो लाग्छ ।

टेका बनी थेगेकी छौ मेरो जिन्दगानी
उठाउन प्रेरित सदा आधार मीठो लाग्छ ।

ममताको खानीबाट भर्छौ माया सदा
खन्याउँदा नसकिने भण्डार मीठो लाग्छ ।

✍️सुमन कडरिया
चितवन ।


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...