झरनाको बगाइको झङ्कार मीठो लाग्छ ।
बनेपछि सकारात्मक संसार मीठो लाग्छ ।।
गन्तव्यमा पुग्ने चाह उत्कट भएपछि
नोक्सानी नै भएपनि ब्यापार मीठो लाग्छ ।
थोरैबाट जोगाएर आहार पिलाउँछौ
रित्याएर माया भर्ने अपार मीठो लाग्छ ।
टेका बनी थेगेकी छौ मेरो जिन्दगानी
उठाउन प्रेरित सदा आधार मीठो लाग्छ ।
ममताको खानीबाट भर्छौ माया सदा
खन्याउँदा नसकिने भण्डार मीठो लाग्छ ।
✍️सुमन कडरिया
चितवन ।