Monday 12th October 2026

गंगा दाहालको गजल संग्रह – १


आँखा लोभी मन पापी अब त नगरे हुन्थ्यो ।
ईमानको पुलबाट बेइमानीहरु नतरे हुन्थ्यो ।

आक्रान्त दुनियाँ तड्पी तड्पी ढलेको बेला
स्वार्थ लिप्त नैतिकता तलतलै नझरे हुन्थ्यो ।

अध्यारो छिचोल्दै दिपक बल्नु पर्ने बेलामा
यो बिश्वासको बाती उधो उधो नसरे हुन्थ्यो ।

भरोसालाई लतार्दै ,पछार्दै, गिराउने अचम्म
झुक्ने र झुकाउने खेलमा अघि नपरे हुन्थ्यो ।

अति भयो अब त कति पर्खनु धर्म,धर्यताले
शुभ मुहर्तमा जुरेको साइत अब नटरे हुन्थ्यो।।

गंगा दाहाल
ललितपुर


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...