मैले यहाँ शिर झुकाउनुको कारण नसोध्नु ।
जिन्दगी यसरी सुकाउनुको कारण नसोध्नु ।
सबैको हृदयमा दया हुन्नँ आजभोली हेर्नुस
हुँदापनि चोटहरु लुकाउनुको कारण नसोध्नु ।
हाँस्ने बाहाना खोज्छ दुखमा पनि यो दुनियाँ
भित्रै बसि ढुङ्गा बुकाउनुको कारण नसोध्नु ।
जिन्दगी मेरो रहला नरहला यो महामारी बाट
फेरी पनि यो बत्ती टुकाउनुको कारण नसोध्नु ।
पहिला देखि इन्तजार मै गयो आधा जिन्दगी
अब बाचा बन्धन फुकाउनुको कारण नसोध्नु ।
सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर