Monday 10th August 2026

धादिङमा २ छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु


तितोपाटी – धादिङका दुई छुटछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेशीतर्फ आउँदै गरेको बा २ क ८९९६ नम्बरको बसमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय अर्जुन पोखरेल र ८ वर्षीय अभिषेक भण्डारीको भने गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ८ वर्षीय अभिषेक भण्डारीको अवस्था गम्भीर रहेको छ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका ८ मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ ख ५१७५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा मकावानपुर जिल्ला थाहा नगरपालिका बस्ने अन्दाजी ९ वर्षीय रन्जित तामाङ रहेका छन्। ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...