Monday 10th August 2026

सुन तस्करीमा नयाँ तरिका – मलद्वारमा सुन ल्याउने २ भारतीय पक्राउ


तितोपाटी – त्रिभुवन विमानस्थल हुँदै सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।

बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो १ बजे काठमाडौ त्रिभुवन विमानस्थलमा उत्रिएका इमरान नामका एन–४६१७८९० राहदानी बाहक र अरिफ अली नामका अर्का जेड–४१७४१०७ नम्बरको राहदानी बाहक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट बरामद सुन आइतबारको बजार मुल्य अनुसार एक करोड ३० लाख २३० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार इमरानले ९९२ ग्राम र अलीले १६७८ ग्राम सुन मलद्धारमा लुकाएर ल्याएका थिए ।

पक्राउ पछि भन्सार कार्यलयले सुनको नापतौल तथा र प्रमाणित गरेको थियो । सुनसहित पक्राउ परेका उनीहरुलाई आवाश्यक कारवाहीका लागि आइतबार त्रिवि भन्सार कार्यलय पठाएको प्रहरीले जनाएको छ ।

बरामद सुन सिलिण्डर आकारको रहेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...