Sunday 1st February 2026

सुन तस्करीमा नयाँ तरिका – मलद्वारमा सुन ल्याउने २ भारतीय पक्राउ


तितोपाटी – त्रिभुवन विमानस्थल हुँदै सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो ।

बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो १ बजे काठमाडौ त्रिभुवन विमानस्थलमा उत्रिएका इमरान नामका एन–४६१७८९० राहदानी बाहक र अरिफ अली नामका अर्का जेड–४१७४१०७ नम्बरको राहदानी बाहक भारतीय नागरिक सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट बरामद सुन आइतबारको बजार मुल्य अनुसार एक करोड ३० लाख २३० रुपैयाँ रहेको छ । प्रहरीका अनुसार इमरानले ९९२ ग्राम र अलीले १६७८ ग्राम सुन मलद्धारमा लुकाएर ल्याएका थिए ।

पक्राउ पछि भन्सार कार्यलयले सुनको नापतौल तथा र प्रमाणित गरेको थियो । सुनसहित पक्राउ परेका उनीहरुलाई आवाश्यक कारवाहीका लागि आइतबार त्रिवि भन्सार कार्यलय पठाएको प्रहरीले जनाएको छ ।

बरामद सुन सिलिण्डर आकारको रहेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...