Sunday 24th August 2025

टुक्का कविता – बालोरी छन्द -श्रीकृष्ण शर्मा


टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर

राम्रो म छु हेर,
सफा बस्छु धेर ।

लाग्दछ नि डरै
तिमी आऊ घरै ।

क क पढ्न जाऊ,
भरे घर आऊ ।

साथीसँग भुल्छु,
वन पाखा डुल्छु ।

हाम्रा बाबा राम्रा छन्,
आमा मेरी राम्री झन् ।

भाँडाकुटी खेलौँला,
बाबाआमा बनौँला ।

दुवै हात समाई,
खेलौँ खेल रमाई ।

दुलाहा र दुलही,
खेल्न मन मलाई ।

राजा बनी आऊ है,
बाजा कहाँ ल्यायौ खै ?

१०

मेरो सानो बाबुले,
मान्छ भन्या मामुले ।

११

कारोना पो लागेछ,
कठ्ठै बाबु भागेछ ।

१२

स्कुल जान मान्दैन,
क ख पढ्न जान्दैन ।

१३

बुबु माम सुपुक्क,
सुत बाबु लुपुक्क ।

१४

टुकुटुकु जाउँला,
कुपुकुपु खाउँला ।

१५

झलमल्ल घामलेलमल्ल कामले ।

१६

कलकल पानीमा,

झलझल नानीमा ।

१७

खान्नँ म त करेली,
झिम्काउँछ परेली ।

श्रीकृष्ण शर्मा पोखरा

Thank you and warm regards !
Shree Krishna Sharma
Shanti Niketan School
Exam – coordinator
Tukka : secretary General
Kopila Gandaki : Treasurer
Mobile: +977-9840010052


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...