Thursday 5th March 2026

परिवर्तनशील सोचको अभाव


जातियताको आधारमा विभेद बिकास बिरोधि चेतना हिन मानवले गर्ने व्यबहार मात्रै हो २१ औं शताब्दीमा पुरानो जीवनशैलीबाट आधुनिक जीवनशैलीतिर लम्किनु परिवर्तनशील सोचको उपज हो । पुराना संस्कार र सोचलाई बिस्तारै अन्त्य गर्दै नयाँ संस्कारलाई अँगाल्नु नै परिवर्तन भएको प्रमाण हो, अहिले हरेक क्षेत्रमा शिक्षा आवश्यकता भएको छ । त्यसैले आममानिसको मनमस्तिष्कमा सकारात्मक भावनाको बिकास भएको पाइन्छ ।

रूढिवादी सोचको बाहुल्यता रहेको हाम्रो गाउँ समाज परिवर्तनको मार्गमा उभिनु स्वभाविक हो जातीय विभेद र हिंसाविरुद्ध गाउँ समाजबाट आवाज उठेको छ । जातीय विभेद द्वारा गरिने हिंसा केवल मानव माथि गरिने अन्याय र अत्याचार मात्र होइन, त्यो त सभ्य मानव समाजविरुद्ध चालिएको कदम हो । हाम्रो समुदाय परिवर्तनलाई आत्मसात गर्ने र रुढीबादी परम्परालाई जोगाई राख्ने दुई समुह छ ।

अहिलेका युवा अथवा वैदेशिक रोजगारीमा रहेका युवाले परिवर्तन चाहान्छ, उसले देखेको भोगेको कुरालाई व्यावहारिक रुपमा उतार्न चाहान्छ । हरेक शिक्षित नेपाली युवाले यो कुरा बुझेको छ कि जातियताको आधारमा विभेद, छुवाछूत गर्न भनेको २१ औ शताब्दीमा बिकास बिरोधि चेतना हिन मानवले गर्ने व्यबहार हो । यसले बिकास र परिवर्तनलाई अवरोध त गर्दछ नै साथै देसको पनि बेइज्जत गरि रहेको छ । अझै पनि यस किसिमको व्यबहारलाई अहिलेको युवाहरूले अन्त्य गर्न सकिदैन भने रुढीबादीलाई निरही भएर आत्मसात गरेको मानिनेछ । देसमा राजा आउ देस बचाउ भन्ने एक समूह छ ।

जस्ले प्रत्येक्ष रुपमा रुढीबादीलाई आत्मसात गर्दै मल जल गरेकोमा कुनै दुइमत छैन, यसले परिवर्तनलाई अबरोध गर्न त खोज्दैछ रुढीबादी यथास्थिति बादी राजनीतिक दल समुहको बलमा विभेद विरुद्ध बनेका ऎन कानुनलाई अहिले पनि चुनौती दिने काम भएको छ । हामीले कुनै अर्को व्यक्ति वा कुनै अर्को समय भनेर पर्खियौं भने परिवर्तन आउँदैन । हामीले पर्खिरहेका व्यक्ति हामी नै हौं र खोजिरहेको परिवर्तन पनि हामी नै हौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बारम्बार दोहोरिइरने अभिव्यक्ति हो यो । नेपालमा हामीले परिवर्तनको खोजीमा आन्दोलन थालेको करिब ७ दशक समय व्यतीत भइसक्यो ।

यसबीचमा हामिले जे–जति लोकतान्त्रिक उपलब्धि हासिल गरेका छौ तिनले अझै नेपाली समाजमा परिवर्तनको सङ्केत प्रदान गर्न सकेका छैनन् । दैनिक जातीय विभेद,बालबिबाह, बोक्सी, अन्तरजातीय बिबाहलाई बहिष्कार लगायतका घटना घटेका छन । के हामिले खोजेको परिवर्तन यहि हो । यी सब नकारात्मक रुढीबादी सोचको उपज हो । रुढीबादी सोचाइले भावि देस हाक्ने कलिला कोपिलामा समेत असर गरेको छ । सामाजिक परिवेशमा चौतर्फी निराशा छाएको छ यसले मानसिकतामा पनि नराम्रो चोट पुर्याउनु स्वभाविक हो । यसको असर सदियौ सम्म रहने खतरा उत्पन्न हुनसक्छ ।

यो इतिहासले देखाएको कुरा हो । भारतका दलित आन्दोलनका नेता डाक्टर अम्बेड्कर १९२३ मा आफ्ना चर्चित भनाई राखेका छन । भगावानले न्याय दिने भए कानुन र न्यायालयको आवश्यकता हुने थिएन । सरस्वतीले ज्ञान दिने भए किताब र बिधालयको आवश्यकता हुने थिएन । आशीर्वादले काम चल्ने भए औषधि डाक्टरको आवश्यकता हुने थिएन । काम नगरी भाग्य चम्किने भए मजदुरी गर्न आवश्यकता हुने थिएन । हाम्रो समुदाय र समाजले अब परिवर्तनको बारेमा कसरी सोच्ने भन्ने बारेमा हामी अलि फराकिलो हुन आवश्यकता छ , पुरारो सोचाइ र व्यावहारले परिवर्तन असम्भव छ भन्ने कुरा माथी अम्बेड्करको भनाई बाट स्पष्ट हुन्छ । यो भनाई अहिलेको होइन ९/१० दसक पहिला भनिएको हो । अब हाम्रो समाजमा बौद्धिक विकासको आवश्यकता छ । बौद्धिक विकास भनेको शिक्षा मात्र होइन, मानवता, सद्भाव र मनमस्तिष्कको विकास हो । अविकसित समाजले समाज बिगार्छ तथा समाज बिग्रेपछि घुमफिर देश नै बिग्रन्छ र समाज बिग्रेमा व्यक्ति बिग्रन्छ भन्ने अर्थ आम मानिसले बुझ्नुपर्ने हुन्छ ।

हाम्रो समाजमा अनेकौं समस्याहरू छन, तर चुनौती के हो भने समस्याहरूलाई सद्भाव ढङ्गबाट कसरी निराकरण गर्ने,भन्ने बारेमा बृहत् छलफल बहसको आवश्यकता छ । अब हामी सबैले आफूभित्र लुकेको विकृतिलाई छोडी एक मानवीय भावनालाई आत्मसात् गरी परिवर्तनलाई स्वीकार गर्न सक्न्नु पर्छ । जबसम्म समाजले परिवर्तन र मानव सम्मान भन्ने कुरा के हो भनेर बुझ्दैन तबसम्म परिवर्तनशील कार्यहरू गरिरहनु नितान्त आवश्यकता छ । रुढीबादी कुसंस्कारलाई निरुत्साहित हामिले हाम्रो पालामा नै सम्पन्न गर्न सक्नु पर्छ । हामिले नगरे कस्ले गर्छ हाम्रो समस्याको समाधान हामी आफैले गर्ने हो । कुनै अन्य परलोक बाट आएर हुने होइन । यो कुरा बुझ्न अति आवश्यक हो । अनि मात्रै हामीले सभ्य समाजको परिकल्पना गर्नुपर्छ । समाजलाई परिवर्तनको बाटोमा डोर्‍याउन सकारात्मक दृष्टिकोण राख्नुपर्दछ । समाजका अगुवाहरूमा ईच्छाशक्तिको जागरुकता ल्याइ आस्थावान विचारधारालाई आत्मसात गर्दै परिवर्तनको बाटो तिर लम्कनु नै अहिले परिवर्तन बाहक हो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...