Sunday 18th January 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ४


नयाँ वर्ष! दुःखीहरुको आस बोकेर झुल्क
देश भरी! खुशीयाली खास बोकेर झुल्क।

असह्य वेदना! आपतकालिन स्थिती भो
सशक्त विचारहरुको दास बोकेर झुल्क।

तिमी जुम्ला डोल्पा मुगु जहाँसुकै पुग्नु है
भोका झुपडीहरुमा गाँस बोकेर झुल्क।

जाऊ सिटामोल समेत नपुग्ने विकटमा
तिनका पीडाहरुमा सास बोकेर झुल्क।

पानी बिनाको खडेरी खेत बाँझै धेरै छन्
नहर कुलो बन्दै अन्नको रास बोकेर झुल्क।

भोकमरीले बल्दैनन् कतिपय चु्ल्हाहरु
सहयोगी हातहरुको बास बनेर झुल्क।

महामारीले विश्व नै त्राही त्राही संकटमा
उपाय निकाली अब नास बोकेर झुल्क।

शर्मिला श्रेष्ठ ,ललितपुर
हाल परदेश


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...