Monday 26th October 2026

बुवाले इज्जतका लागि छोरीलाई ज्यूँदै जलाए


तितोपाटी – भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् ।

शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता रिसाएर उनलाई घिसार्दै आफ्नो घर लगेको बताइएको छ  ।

पुलिसका अनुसार त्यसपछि उनका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए । युवतीको घटनास्थलमा नै मृत्यु भयो । युवतीको बुवा र दाइ दुबैलाई पक्राउ गरिएको छ ।

पुलिस अधिक्षक रुचिवर्धन मिश्राले भने, ‘बुवा र दाइ दुबैलाई पक्राउ गरिसकिएको छ । हामीले घटनाको हरेक पक्षबाट अनुसन्धान गरिरहेका छौं । मानिसहरुको बयान लिदैछौं, त्यतिपछि मात्र थाहा हुन्छ कि के भएको थियो ।’

जानकारीका अनुसार युवती शुक्रबार खण्डवा कोर्टमा गएर विवाह गर्ने तयारीमा थिइन् । यसको जानकारी परिवारलाई भएको थियो जसका कारण यस्तो कदम उठाइयो ।

यस्तै युवतीकी आमा र केही छिमेकीले महिलाले आफै मट्टीतेल छर्किएर आत्महत्या गरेकी हुन् ।

युवतीकी आमा सुशिलाले भनिन्, ‘दुबै एक अर्कालाई प्रेम गर्दथे । त्यसकारण हामी उनीहरु विवाह गरुन् भन्ने चाहन्थ्यौं । उनीहरु अदालती विवाह गर्ने तयारीमा थिए । हामीले उनीहरुको परिवारसँग यसबारे कुरा गर्दा उनीहरुले छोरीको हत्या गरिदिने तर विवाह गर्न नदिने धम्की दिएका थिए । ’

-बीबीसी

सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...