Sunday 4th October 2026

दुर्गा प्रसाईलाई जेलहाल्नु पर्ने युवा डाक्टरहरुको माग


तितोपाटी – झापाको विएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमबिबिएस पढ्न बंगलादेश पुग्ने नेपाली विद्यार्थीहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको आरोप लगाएका छन् ।

उनले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बंगलादेश पढ्न जाने छात्रहरु ५ वर्षमा आउने तर छात्राहरु भने ९ वर्ष लाग्ने गरेको बताए । छात्राहरुको त्यहांका प्रोफेसरहरुले यौन शोषण गर्ने गरेका कारण उनिहरु ९ वर्षमा आउने प्रसाईको भनाई छ ।

उनको यस्तो तर्कले बंगलादेश पढ्न जाने छात्राहरुलार्इ गम्भीर आरोप लागेको छ । प्रसार्इको यस्तो अभिव्यक्तिको सर्बत्र आलोचना भैरहेको छ । बंगलादेशमा एमबिबिएस पढ्दै गरेको छात्राहरुले दुर्गा प्रसाईले आँफुहरुको चरित्र माथी प्रश्न उठाएकाले तत्काल कडा कारवाही गर्नूपर्ने माग गरिरहेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगीले पनि यस विषयलाई गम्भीरताका साथ लिएको प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । दुर्गा प्रसाईको अभिव्यक्ती अपाच्य रहेकाले उनलाई तत्काल नियन्त्रणमा लिन प्रहरीलाई आयोगले पत्र पठाउने बताउनु भयो ।

साथै नेपालबाट बंगलादेश पढ्न गएका विद्यार्थीहरुको नेप्लीज मेडिकल स्टुडेन्ट एशोशियसन बंगलादेशका अध्यक्ष नविन यादवले प्रसाईको तथ्य हिन कुराले विद्यार्थीहरुका परिवार तथा सामाजिक रुपमा गम्भीर असर पुग्ने भएकाले सरकारले तत्काल कारवाही गर्नुपर्ने बताउँछन् ।

यस्तै युवा चिकित्सक संघ, नेपालले पनि प्रसाईको अभिव्यक्तीको आलोचना गरेका छन् । यस्तो अभिव्यक्ती दिने प्रसाईलाई जेल हाल्नु पर्ने उनीहरुको माग छ ।

प्रसाईले गोविन्द केसीको अनशनका विरुद्ध कुरा गर्दा यो प्रशंग निकालेका थिए । उनले लगाएको आरोप गम्भीर रहेकाले छानविन गर्न सर्वत्र आवाज उठिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...