Sunday 16th August 2026

गजल -मुस्कान “मुस्कान”


सरकार देखि सिकेको संस्कार हो।
मैले पनि जानेको यही भ्रष्टाचार हो।

सुटुक्कै खल्तीमा उपहार आएपछि,
घटना फेरबदल गर्ने अख्तियार हो।

सुन काण्ड, बलात्कार काण्ड आदि,
यो पावर र पहुँच हुनेको व्यापार हो।

कसैमाथि अत्याचार नहोस् महोदय,
हाम्रो जीवन दुई दिनको उपहार हो।

तपाई इमान्दार भएर कार्य गर्नुहोस्,
राष्ट्रले दिएको एउटा जिम्मेवार हो ।

-मुस्कान “मुस्कान”
धनकुटा,पाख्रीबास-१०


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान…

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

प्रतिकृयाहरू
...