गजल
बहर (मिर)
मात्रा :२०
काफिया बन्धन : इन्छ
सहयोगी मनमा भगवान् भेटिन्छ
दयालु मान्छे मन्दिर झैं देखिन्छ।
सडकमा भोका गरिब जनता देख्दा
सरकारको शिर नि कसरी अग्लिन्छ।
असत्य कुरा पनि दोहोर्याई रहे
सधैँभरि लाई सत्य नै मानिन्छ।
गरिब भनेर कहिल्यै नगर्नु नि हेला
मर्दा पर्दा आफन्तै चाहिन्छ ।
इमान्दारिता त हुन सक्दैन कहिल्यै
जुन अरुले देखेमा मात्र गरिन्छ।
-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज_३, काठमाडौँ