Sunday 11th October 2026

गजल -राज श्रेष्ठ


नभन्नु तेरो कथा वियोगान्त कहानीको जस्तो रहेछ।
सम्झनु प्रलयले सक्किएको प्रकृतिको जस्तो रहेछ।

हराभरा सुन्दर संसारलाई तहसनहस बनाएर गयौ,
तिम्रो आगमन संसारै बगाउने बाढीको जस्तो रहेछ।

सम्पत्तिको लागि श्रीमती च्याप्यौ घरलाई लत्यायौ,
तिम्रो व्यबहार त घातक भ्रष्टाचारीको जस्तो रहेछ।

खर्च दिँदा सम्म मनमा राख्यौ अनि निकाली दियौ
हाम्रो सम्बन्ध त डेरावाल र घरपेटीको जस्तो रहेछ।

चितासम्म पुर्याई जान्छ तिम्रो याद मेरा रहरहरुलाई,
तिमी र तिम्रो यादको कार्य, मलामीको जस्तो रहेछ।

-राज श्रेष्ठ
हेटौंडा।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...