Sunday 18th January 2026

गजल -राज श्रेष्ठ


नभन्नु तेरो कथा वियोगान्त कहानीको जस्तो रहेछ।
सम्झनु प्रलयले सक्किएको प्रकृतिको जस्तो रहेछ।

हराभरा सुन्दर संसारलाई तहसनहस बनाएर गयौ,
तिम्रो आगमन संसारै बगाउने बाढीको जस्तो रहेछ।

सम्पत्तिको लागि श्रीमती च्याप्यौ घरलाई लत्यायौ,
तिम्रो व्यबहार त घातक भ्रष्टाचारीको जस्तो रहेछ।

खर्च दिँदा सम्म मनमा राख्यौ अनि निकाली दियौ
हाम्रो सम्बन्ध त डेरावाल र घरपेटीको जस्तो रहेछ।

चितासम्म पुर्याई जान्छ तिम्रो याद मेरा रहरहरुलाई,
तिमी र तिम्रो यादको कार्य, मलामीको जस्तो रहेछ।

-राज श्रेष्ठ
हेटौंडा।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...