पानी जस्तै अमृत पनि सर्किन सक्छ ।
शिशा झैं जिवन क्षणमै चर्किन सक्छ ।
भरोसा कति गर्ने यो मौसमी चरित्रको
सँधै रहँदैन खडेरी पानी दर्किन सक्छ ।
फाईदा लुट्ने मौका खोजेर यि मान्छे
फल वृक्ष जस्तै लरक्क लर्किन सक्छ ।
कसैको भर नपर्नु नै बेस हुनेछ यहाँ
सँधै तिम्रो साथ भन्ने त तर्किन सक्छ ।
तर बिस्वास नटुटाउँ कहिल्यै किनकि
यहाँ बगेको खोला पनि फर्किन सक्छ ।
-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।