Sunday 11th October 2026

सपना न्याैपाने ‘सत्यवादी’ को गजल संग्रह – २


जब घाम अस्ताउँछ अँधेरो हुन्छ अचम्म लाग्छ !
अनि त्यो प्रकृतिले घर भित्र थुन्छ अचम्म लाग्छ !

बिहानै देखि दौडिन पर्छ मलाई संघर्षको लागि
साँझ फर्किन्छु अनि यो मन रुन्छ अचम्म लाग्छ !

अनेकौँ चिन्ता नै चिन्ताले भरिएको यो दिमाग
आफ्नो भागमा ठूलो खुशी चुन्छ अचम्म लाग्छ !

उता सत्रुले बाटो बन्द गरिदिन्छ मेरो जिन्दगीको
यता यो मनले सपना अनेकौँ बुन्छ अचम्म लाग्छ !

कसरी बुझ्यौं जिन्दगीलाई भन्नुहोस् तपाईंले
मेरो त पाइलैपिच्छे काँडाले छुन्छ अचम्म लाग्छ !

सपना न्यौपाने ‘सत्यवादी’
काठमाडौं


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...