Friday 8th November 2024

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीका वारेमा अस्लिल पोष्ट गर्ने पक्राउ


तितोपाटी डट कम – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बारेमा फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने यहाँका एक युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं लगेको छ ।

प्रहरीले कावासोती नगपालिका–१ कोइलापानीका जुंगे भनिने सुरज भुसाललाई सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।

भुसालले दुई साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा प्रधानमन्त्री ओली र मोदीको अंगालो हालेको फोटोमा मोदीको टाउकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको टाउको जोडेर जथाभावी लेखेका थिए ।

पूर्वी नवलपरासीका निमित्त प्रहरी प्रमुख लालध्वज सुवेदीले केन्द्रीय अनुसन्धान ब्यूरोले भुसालको फेसबुक स्टाटसका आधारमा पक्राउ गरेर बुझाउनु भन्ने आदेश दिएकाले भुसाललाई पक्राउ गरेर काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बुझाइदिएको बताए ।

भुसाललाई साइबर क्राइम अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। मतगणना जारी रहँदा उनले राष्ट्रपतिका लागि आवश्यक २ सय ७० सिटमा २…

सिड्नी: भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले मंगलबार क्यानडामा हिन्दू मन्दिरको तोडफोड गहिरो चिन्ताको विषय भएको बताएका छन्। "क्यानडाको हिन्दू मन्दिरमा हिजो…

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको र एक शीर्ष आणविक वैज्ञानिकको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई अदालतले मृत्युदण्डको सजाय…

प्रतिकृयाहरू
...