Monday 20th May 2024

सिरियामा ईरान समर्थित मिलिसियाहरु माथि अमेरिकी आक्रमण, कम्तिमा १७ लडाकुको मृत्यु


तितोपाटी- अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा आक्रमण गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला गरिएको विज्ञप्तिमा उल्लेख छ । पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले सातवटा निशाना साँधेका थिए । कता ईब हिजबुल्लाह र कता ईब सय्यिद अल सुहादा ईरान समर्थित मिलिसियाहरुले प्रयोग गर्दै आएका धेरै भौतिक पूर्वाधारहरुमा आक्रमणबाट क्षति पुगेको छ ।

मर्नेको संख्या यकिन भइसकेको छैन । यद्यपी, सिरियल अब्र्जभेटिभ फर ह्युमन राईट्स (एसओएचआर)ले दर्जनभन्दा बढी ईरान पक्षधर लडाकुहरुको मृत्यु भएको जनाएको छ । ‘प्रारम्भिक रुपमा कम्तिमा पनि १७ जना लडाकु मारिएजस्तो देखिन्छ । उनीहरु सबै पपुलर मोबिलाईजेशन फोर्सहरुमा सदस्य हुन्,’ एसओएचआरका निर्देशक अब्दुल रहमानले एएफपी न्युज एजेन्सीसँग भनेका छन् ।
ईराकको इर्बिलस्थित विमानस्थलको मुख्य सैनिक अखडामा झन्डै दुई साताअघि ईरानले आक्रमण गरेको थियो, यसक्रममा दुईजना विदेशी ठेकेदारहरुको मृत्यु भयो भने एक अमेरिकी सैनिकसहित कम्तिमा ९ जना घाइते भए ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...