Saturday 10th October 2026

चीनमा कोरोना विरूद्धका १६ प्रकारका खोपलाइ परिक्षण गर्न अनुमति


एजेन्सी – चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ प्रकारका खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपले निर्माण गरेको सिनोफार्म खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोनाभ्याक खोपले पनि बजारमा प्रवेश पाएको छ ।

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गत डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरूलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...