Tuesday 18th August 2026

गजल -धर्मिला कार्की


माया नभा यो नयन रुने थिएन होला ।
‘प्रेम’ शब्दले मन मुटु छुने थिएन होला ।।

मन जस्तै कन्चन तन पनि भइदिए,
कसैले नि साबुनले धुने थिएन होला ।

आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे,
अरुलाई रिस देखाउने थिएन होला ।

यदि बिर्सन सजिलो हुने भए सायद,
याद भन्ने शब्द नै हुने थिएन होला ।

– धर्मिला कार्की
महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...