Friday 9th October 2026

राजा-महाराजा झैं पञ्चर्‍याली गर्दै हिडेका ओली हारिसके: प्रचण्ड


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए ।
सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले भने,जतिबेला ओलीले प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’
उनलेले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि आरोप लगाए ।

प्रचण्डले ओलीले मत र व्यवहारमा दुबैमा हारिसकेको दावी गर्दै अगाडि भने, ‘ चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी धरापमा पारेको भन्दै प्रचण्डले सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...