Sunday 19th July 2026

“मिस नेवाः” को ताज रिजु मानन्धरको पोल्टामा


तितोपाटी डट कम – १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् ।

प्रतियोगितामा डा. सरिसा श्रेष्ठ फस्र्ट रनरअप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधिसहित १० हजार रुपैयाँ पाइन् । मतिनाले मिस पर्सनालिटीको टाइटलसमेत जितिन् ।

सृष्टि शाक्यले पाँच हजार रुपैयाँसहितको मिस ट्यालेन्टको टाइटल जितिन् । अञ्जु श्रेष्ठले बेस्ट ड्रेस र बेस्ट हेयर, सरिना महर्जन उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठ बेस्ट स्किन, मिलु श्रेष्ठ मिस डिसिप्लिन, बिना महर्जन बेस्ट स्माइल, प्रदिका श्रेष्ठ मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठ मिस फोटोजेनिक, राधा श्रेष्ठ बेस्टवाक र पस्मिना शाक्य सोसल वेलफेयर एम्बेसडर चिफको टाइटल पाए । सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनरअप तथा सेकेण्ड रनरअप भए । परम्परागत संस्कृति र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले डेढ दशकदेखि प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जनाइन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच एक हप्ता भन्दा बढि समयदेखि ड्रोन तथा मिसाइल आक्रमण प्रत्याक्रमण भएका छन्, जसले दुवै देशबीचको द्वन्द्वलाई थप…

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिका–इरानबीचको युद्धविराम अवधिलाई अमेरिकाले आफ्ना हतियार पुनःभण्डारण गर्न, युद्धपोत सुदृढ…

कुवेतले आफ्नो भूमिमाथि भएको भनिएको इरानी आक्रमणको कडा शब्दमा निन्दा गर्दै, विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रलाई समेत…

प्रतिकृयाहरू
...