मुक्तक १
घामपानी आँधीबेहरी सहन गर्नु परेकोछ ।
आफन्त कै बस्ती बाट डेरा सर्नु परेको छ ।
सुखमा साथ दिने हजारौं हात भए पनि
दुखको यो सागर आज एक्लै तर्नु परेकोछ ।
मुक्तक २
म हारेर खुशी मिल्छ भने उत्सबमा रमाउनु प्रिय ।
जिन्दगीमा जति सक्दो भोज जमाउनु प्रिय ।
हार जित जिन्दगीमा चलिरहने खेल नै हो भन्छन्
म हारी दिन्छु तिमि जीतको लहर समाउनु प्रिय।
मुक्तक ३
डोली अन्माउनु भो बाबा जन्मघर छोडे ।
आमाको काख संगै नाम अनि थर छोड ।
आजैदेखी सारा खुशीहरु बन्धकी राखी
हुर्कनै नपाएका यी कलिला रहर छोडे ।
-गोमा कुमाल
माथागढी-२
रुप्से पाल्पा,
लुम्बिनी प्रदेश