Saturday 15th August 2026

हाइकु -धर्मिला कार्की


हाईकु


देशको माटो
मलाई लाग्छ प्यारो
आमाको माया।


लेकमा घर
हिउँ, तुषारो पर्ने
बख्खुको भर।


रङ्गिन डाँफे
हिमालमा बस्दछ
राष्ट्रिय चरी।


बोलेको बोली
फर्केर आउँदैन
निस्केको गोली।


वसन्त ऋतु
ढकमक्क फुल्छन्
आरुका फूल।


बर्षाको झरी
समय सकिएछ
हिउँद सुरु।


चन्द्र र सुर्य
नेपालको झण्डामा
राष्ट्रिय चिन्ह।


जनता मन
सुशासनमा खुसी
स्वतन्त्र धन।


चौबन्दी चोली
नारीलाई सुहायो
नेपाली बोली।

१०
बर पिपल
चौतारीको छहारी
हावा शितल।

११
अनाथ बच्चा
भोकले छटपटिन्छ
सडक कच्चा।

१२
कालो बादल
आकाशमा चिसिदै
प्रवाह जल।

 

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।…

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

प्रतिकृयाहरू
...