Friday 16th October 2026

भारतको कर्नाटकमा डाइनामाइट विष्फोट हुँदा ८ मजदुरको मृत्यु


तीतोपाटी – भारतीय राज्य कर्नाटकको शिवमोगामा बिहीबार दिउँसो करिब एउटा डायनामाइट विस्फोट भएको हुँदा ८ जना मजदुर मारिएका छन्। रिपोर्टका अनुसार केही व्यक्ति ट्रकमा जिलेटिन छडहरू लिएर गइरहेका थिए। शिवमोगा जिल्लाको अब्बालगेरे गाउँ नजिक विस्फोट भएको थियो। विस्फोट यति तीव्र गतिमा भएको थियो कि यो शिवमोगाको नजिकैको जिल्ला चिक्मागलुरसम्म छरिएको थियो। र वरपरका क्षेत्रहरुमा भूकम्पको जस्तो झट्का महसुस गरिएको थियो।

विस्फोटले वरपरका घरहरूका शीशा समेत फुटेका छन्। सुरुमा मानिसहरूलाई भूकम्प आएको जस्तो लागेर मानिसहरू त्रासले घर बाहिर निस्किएका थिए। शिवमोगा कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो।

शिवमोगाका डिप्टी कमिश्नर केबी शिवकुमारका अनुसार विष्फोट भएको सबै क्षेत्रलाई घेराबन्दी गरिएको छ। उनले घटनास्थलमा अझै विस्फोटक पदार्थ हुन सक्ने आशंका व्यक्त गरेका छन्।-एजेन्सी


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...