Friday 1st August 2025

सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्यो


आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ।

आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो। आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ। लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्नेछ।

दिल्लीले लामिछानेपलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलो पटक टोलीमा अनुबन्ध गरेको थियो। त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए। दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले ६ खेलमा ८ विकेट लिएका थिए।

तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन। दिल्लीले लामिछानेसँगै इग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ।

-रासस


सम्बन्धित शीर्षकहरु

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउनेछन्। यो कानून शुक्रबार, जुलाई २५ मा 'उम्म अल-कुरा गजट' मा प्रकाशित…

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

प्रतिकृयाहरू
...