Saturday 27th December 2025

गजल -टहल आचार्य


थुक सीप रगत चल्छ पानी चाहिँ नचल्ने भो,
छोईछिटो जाती भेद अझै पनि नढल्ने भो ।

कुकूरलाई भित्र लगी मान्छेलाई बाहिर राख्दा,
अलिकति पनि मन मुटू नै पो नगल्ने भो ।

गजुर मूर्ति त्रिशूल ती चोखो मानी पूजा हुने,
उस्ले बाल्या दियोबत्ती मन्दिरमा नजल्ने भो ।

टहल आचार्य
कालिन्चोक – ८
सुनखानी, दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...