Friday 1st August 2025

डोल्पामा १४ वर्षीया किशोरीलार्इ बलात्कार गर्ने २५ वर्षे युवक पक्राउ


तितोपाटी – डोल्पामा १४ वर्षीया किशोरीलार्इ जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–७ पाहाडाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

आइतवार राति उनलाई बलात्कार गर्न खोज्दा त्यही नगरपालिका–७ कै २५ वर्षीय जितबहादुर शाही राति नै पक्राउ परेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जवरजस्ती करणी ऐन अनुसार शाहीमाथि मुद्दा दर्ता भइसकेको बताए । जवरजस्ती करणी मुलुकी ऐन अनुसार कारवाही हुने डिएसपी शर्माले भने ।

पीडित किशोरीका आफन्तका अनुसार पहिले खानेकुरा दिएर फकाउँदा नमानेपछि बलात्कार गरेको बताएका छन् । आफन्त र पीडित किशोरीको जाहेरी अनुसार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...