Sunday 4th October 2026

डोल्पामा १४ वर्षीया किशोरीलार्इ बलात्कार गर्ने २५ वर्षे युवक पक्राउ


तितोपाटी – डोल्पामा १४ वर्षीया किशोरीलार्इ जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–७ पाहाडाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

आइतवार राति उनलाई बलात्कार गर्न खोज्दा त्यही नगरपालिका–७ कै २५ वर्षीय जितबहादुर शाही राति नै पक्राउ परेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जवरजस्ती करणी ऐन अनुसार शाहीमाथि मुद्दा दर्ता भइसकेको बताए । जवरजस्ती करणी मुलुकी ऐन अनुसार कारवाही हुने डिएसपी शर्माले भने ।

पीडित किशोरीका आफन्तका अनुसार पहिले खानेकुरा दिएर फकाउँदा नमानेपछि बलात्कार गरेको बताएका छन् । आफन्त र पीडित किशोरीको जाहेरी अनुसार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...