Thursday 31st July 2025

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालककै मृत्यु


तितोपाटी – उदयपुरको सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो।

लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने कटारी नगरपालिका १४ स्थित भदौरेमा विहान पौने नौ बजे तिर भएको दुर्घटनामा चालकको घट्नास्थलमै मृत्यु भएको कटारीस्थित ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सहचालक सिन्धुलीको दुधौली नगरपालिकाका पूर्ण सुनुवारको कटारी १४ घुर्मीस्थित मेडिकलमा उपचार भइरहेको छ। सडकबाट लगभग १ सय मिटर तल खसेको ट्रक पुरै क्षतविक्षत हुन पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउनेछन्। यो कानून शुक्रबार, जुलाई २५ मा 'उम्म अल-कुरा गजट' मा प्रकाशित…

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

प्रतिकृयाहरू
...