Sunday 4th October 2026

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


तितोपाटी – दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेलुवामा रा १ प ६१९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी ४८ वर्षीय लालबहादुर बस्नेतको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार उक्त दुर्घटनामा परी तुलसीपुर ९ टिकरी निवासी मोटसाइकल चालक २६ वर्षीय राजेश सार्की घाइते भएका छन्।

आइतबार बेलुका ५ बजेतिर दोघरेदेखि टिकरीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसैबीच मोटरसाइकल चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

प्रतिकृयाहरू
...