Saturday 10th May 2025

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


तितोपाटी – दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेलुवामा रा १ प ६१९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी ४८ वर्षीय लालबहादुर बस्नेतको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार उक्त दुर्घटनामा परी तुलसीपुर ९ टिकरी निवासी मोटसाइकल चालक २६ वर्षीय राजेश सार्की घाइते भएका छन्।

आइतबार बेलुका ५ बजेतिर दोघरेदेखि टिकरीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसैबीच मोटरसाइकल चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...