Thursday 31st July 2025

पर्सामा छुट्टाछुट्टै स्थानमा २ वटा शब भेटिए


तितोपाटी – पर्साको बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक मृत अवस्थामा पोखरीमा भेटिएका छन् ।

मृतक बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ ।

बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न दिएका छैनन् ।

यसअघि ०७४ मंसिर १६ गते शिवजी साहको दाई सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीयले हेटौंडाबाट तालिम प्राप्त कुुकुर मगाएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्न दिने अडान राखेका छन् । घटना स्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन् ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने पोखरीमा शव देखिएको तर हात मात्रै बाहिर देखिएकोले पहिचान खुल्न नसकेको जानकारी दिए । ‘पोखरीमा शव देखिएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । पोखरीबाट शव निकाल्न नपाएका कारण पहिचान खुल्न सकेको छैन,’ उनले भने, ‘हेटौंडाबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान पक्रिया अगाडी बढाउने तयारी गरिरहेका छौं ।’

त्यसैगरी पर्साको जगरनाथपुर गाउँपालिकामा एक अधवैंशे महिलाको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगुली खोलाको किनारमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको शव सडिसकेकोले पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुबास बुढाथोकीले जानकारी दिए । ‘सडीसकेको अवस्थामा शव फेला परेको छ, अनुहार चिन्न सक्ने अवस्थामा छैन, कम्मरदेखि मुनीको भाग गलिसकेको छ,’ उनले भने, ‘मुचुल्का उठाएर शव शल्यपरीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएका छौं ।’

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...