Sunday 11th January 2026

उदित नारायणका छोरा आदित्य वैवाहिक जीवनमा बाँधिए


बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए । कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए । बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए । एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...