Wednesday 26th August 2026

प्रचण्डको राजनीतिक प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाको एकता नै गम्भिर मोडमा पुगेको बताएका छन् । नेता पोखरलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको संगीन आरोपसहितको राजनीतिक प्रस्ताव फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय वैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिङ्गो पार्टी पंक्तिले गरिरहेको उनले उल्लेख गरेका छन् ।प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।
-नयाँपेजबाट

सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...