Friday 30th October 2026

प्रचण्डको राजनीतिक प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाको एकता नै गम्भिर मोडमा पुगेको बताएका छन् । नेता पोखरलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको संगीन आरोपसहितको राजनीतिक प्रस्ताव फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय वैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिङ्गो पार्टी पंक्तिले गरिरहेको उनले उल्लेख गरेका छन् ।प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।
-नयाँपेजबाट

सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...