Wednesday 26th August 2026

कुवेतमा सिन्धुलीका सम्पथ अधिकारीद्वारा आत्महत्या


हरि कृष्ण न्यौपाने-साबिकको हत्पते-६, सिन्धुली घर भई कुवेतमा कार्यरत ४२ बर्षिय सम्पथ अधिकारीले आत्महत्या गरेका छन।उनले नोभेम्वर-७,२०२० शनिबारका दिन बेलुकी कुवेतको ७ बजे तिर कुवेतको महाबुल्ला स्थित कम्पनिकै आवास गृहमा झुन्डिएर आत्महत्या गरेका हुन।
कोसेली समुह कुवेतका सदस्य तथा मृतक संगै केही समय अघि सम्म काम गरेका मृतकका सहकर्मि माधब पौडेलका अनुसार करिव १० बर्ष देखि कुवेतको सुल्तान कम्पनी अन्तर्गतको सेक्युरिटी सेक्सन अन्तर्गत एसटिएसजी(STSG) मा काम गर्दै आएका  अधिकारीले किन आत्महत्या गरे भन्ने बारे केही खुल्न सकेको छैन भने संबंधित निकायले कानुनी प्रक्रियाका लागि शब लगि सकेको छ।पौडेलले थपे”उनको परिवारहरु संग पनि सम्पर्क हुन सकेको छैन।”
यसै बिच नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने ” अधिकारीले आत्महत्या गरेको बारे प्रारम्भिक जानकारी दूताबासमा आए पनि पूर्ण बिबरण भने आउन बाँकी छ।दूतावासले परिवार र कम्पनीसंग सम्पर्क गरि समन्वय गर्दै कानुनी प्रकृयाका लागि सहयोग गर्ने छ।”


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...