Thursday 2nd May 2024

पाकिस्तानमा धार्मिक विद्यालयमा विष्फोट, कम्तिमा ७ जनाको मृत्यु


तीतोपाटी – पाकिस्तानको पेशावर सहरस्थित एक धार्मिक विद्यालय (मदरसा)मा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरूमा अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ ।

मंगलबार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा गराइएको विस्फोट परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्। कम्तिमा १२० जना भन्दा बढि घाइते भएको बताइएको  छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र धर्म ग्रन्थ कुरानको अध्ययन कक्षामा गरिएको आक्रमणको उद्देश्य स्पष्ट भइसकेको छैन। अहिले सम्म कसैले पनि विष्फोटको जिम्मा नलिए पनि कम्तिमा पनि ५ किलोको विष्फोटक पदार्थ प्रयोग भएको त्यहाँको प्रहरीले जनाएको छ।

घटना पछि ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले खानले पीडित परिवारहरु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त बर्बर हमलाका जिम्मेवारहरूलाइ कानूनी कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...