Thursday 8th October 2026

पाकिस्तानमा धार्मिक विद्यालयमा विष्फोट, कम्तिमा ७ जनाको मृत्यु


तीतोपाटी – पाकिस्तानको पेशावर सहरस्थित एक धार्मिक विद्यालय (मदरसा)मा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरूमा अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ ।

मंगलबार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा गराइएको विस्फोट परी तेह्र वर्षमुनिका चार जनासहित अन्य कैयौँ घाइते भएका छन्। कम्तिमा १२० जना भन्दा बढि घाइते भएको बताइएको  छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र धर्म ग्रन्थ कुरानको अध्ययन कक्षामा गरिएको आक्रमणको उद्देश्य स्पष्ट भइसकेको छैन। अहिले सम्म कसैले पनि विष्फोटको जिम्मा नलिए पनि कम्तिमा पनि ५ किलोको विष्फोटक पदार्थ प्रयोग भएको त्यहाँको प्रहरीले जनाएको छ।

घटना पछि ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले खानले पीडित परिवारहरु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त बर्बर हमलाका जिम्मेवारहरूलाइ कानूनी कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...