नारायण कोइराला – आज डिउटी सकिए पछि सुपरमार्केट तिर पस्दै थिए।कुन धुनमा रहेछु कुन्नी? गेटमा पुग्दा गार्डले रोकेपछि उभिएँ। उभिए हेर्दै कलोकालो रहेछन्।हेलो! ह्वाई यू नो यूजिङ प्रपरली माक्स ?भने पछि त झसँग पो भएँ।फाइन आयो भने गाह्रो पो छ त ! एकमहिनाको तलबले पनि पुग्दैन । सरी /सरी भन्दै माक्स ठीक गरें अनि ज्वरो चेक गरी मार्केट भित्र पसें।
मार्केट भित्र पसेपछि हातमा गलप्स लगाउँदै आफ्नो चोइस तिर लगे। ट्रली गुडाउँदै गर्दा आज के खाने भन्ने कुरा मनमा खेल्दै थिए।साथीको फोन आयो ।हजूर! म मार्केटमा छू के ल्याउने होला हजूर? मैले प्रश्न गरे।दुई/चार वटा ब्रोइलर लिएर आउनुन उतर आयो साथीको।होइन ब्रोइलर जो ल्याउने त? मैले एकपल्ट फेरि कन्फर्म गरे।ल्याउनु के,आज यसो सानो तिनो जमघट छ, सितन् पनि बनाउनु छ के।अब साथीले यति भने पछि त नाई भन्ने कुरो भएन।चार वटा ब्रोइलर उठाए अनि साथमा धनियाँ मसला पनि।हतार खासै थिएन् भोलि बिदा छदै थियो।
कोठामा पुग्दा साथी भाइहरू सलाद काटेर बोतल खोल्दै थिए।यतिकैमा एउटा साथीले ल ! हामी त सुरु गर्यौ, हजुरलाई चल्दैन ब्रोइलर बनाउनु। ल ल,! मोज गर्नुहोस भन्दै पानीमा डुबाएर राखें।
साथी भाइहरू सुरु भएका थिए।पत्थर जस्तो तो ब्रोइलर सँग कुस्ती खेल्ने मेरो पालो थियो।केही समय पछि बाहिरको छाला निस्कन थाल्यो ।काट्ने कोसिस गर्छु हातबाट फुस्कन्छ।साथीहरूलाई फेरि सितनको हतार छ।मलाई सहयोग गर्ने भाई घरी/घरी भन्दै थियो, हतार भए आफै आएर बनाउनु नी !
म उसलाई सम्झाउँदै ब्रोइलरको छाला अलग गर्दै थिए।हो तनी किन? बनाउँदा बनाउँदै आत्तिनु पर्छ त? विचरा प्याज काट्दा उसका आँखाबाट आँसु पनि आउँदै थिए।साथीहरुलाई सितनको हतार थियो। ए दाई भएन भन्दै अर्कोले चिच्याए ।नसा अलि अलि चडी सकेको थियो साथीहरूलाई।
म हतार /हतार मसलामा मोल्दै थिए ब्रोइलर कुखुराको मासु।भर्खर /भर्खर नयाँ आएको सानो भाई भन्दै थियो”दाई यिनीहरुलाई नसा चड्यो अब जस्तो बनाएर दिए पनि हुन्छ ।”यति के भनेको थियो भाइले, एकजना साथी त जुरुक्क उठ्यो अनि किचनमा जो आएर के भन्निस? के हामीले हल्का रमाइलो गर्न पनि नपाउनु? अस्ति आएको फुच्चेले यस्तो भन्ने? म बिचमा बोलें ल ल भो जानु उता, सितन तयार हुन्छ अब भन्दै चिकन ताती रहेको तेलमा राखें।
साथीहरु उता मस्त हामी दुईजना किचनमा लागि रहेका छौं।भाइले पिर माने जस्तो लाग्यो। मैले सम्झाउँदै भने “यो परदेश हो !बाबु जसरी हुन्छ मिलेर बस्न सिक्नु पर्छ , बिस्तारै बानी पर्छ।यिनीहरू आज जो बोल्छन् , नसा बोल्ने हो भोलि बिहान आफै लजाउँछन्।यस्तै हो, सबै सँग मिलिजुली बस्न सिक्नु पर्दछ।”
एदाई! चिकन अलि पिरो अनि मसलादार बनाउनु है।अर्को साथीले भन्दै थिए।ल ल!धेरै नबोल भन्दै , मैले चिकन तेलबाट निकालें ।भाइले दाल भात तयार पारे।
अब भने ब्रोइलर चिकन संग मेरो लडाइँ सकियो। साथीभाइलाई एकथाल रोष्ट गरेको सितन दिएँ ।उनीहरू सितन सँग पिउँद थिए आफ्नै तालमा। हामी दुईजना दाल, भात र बोइलरको मासु थालमा लिएर खाना खान थाल्यौ।
तानसेन, पाल्पा
हाल यूएई